नेपाली युवालाई रोजगारी दिलाउन गोकर्ण विष्टद्वारा फ्रान्सलाई अनुरोध, बन्यो छलफलको बिषय

आजको खबर   |    प्रकाशित : २०७५ पुष ७ गते ८:४१

काठमाडाैँ । नेपाल र फ्रान्सबीच रोजगारीका अवसर आदानप्रदान मार्फतको बिसयमा मन्त्री बिस्टले बहसको सृजना गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोसी जेभिएर लेजेर बीच बिहीबार भएको शिष्टचार भेटका क्रममा उनले दुवै देशको हित अभिवृद्धि गर्न के सम्म गर्न सकिन्छ भने विषयमा छलफल भएको थियो।

मन्त्री विष्टले नेपालका धेरै युवा रोजगारीको सिलसिलामा खाडी र युरोपका विभिन्न मुलुकमा कार्यरत रहेको उल्लेख गर्दै नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह गरेका छन्। ठुलो संख्यामा बैदेशिक रोजगारमा रहेका नेपालीको लागी फ्रान्स एउटा राम्रो गन्तब्य बन्न सक्छ ।

नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्वन्धलाई अझ विस्तार गर्न आफू प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री विष्टले द्विपक्षीय सम्झौताको पालनाको सम्बन्धमा नेपाल सरकार जिम्मेवार रहेको बताए। मन्त्री विष्टले नेपालमा विसं २०७२ सालमा आएको विनासकारी भूकम्पको बेला फ्रान्स सरकारले पुर्याएको सहयोग र विभिन्न पूर्वाधार विकासको क्षेत्रमा गरेको लगानीप्रति धन्यवाद व्यक्त गरे ।

भेटका अवसरमा नेपाल र फ्रान्सबीचको सात दशक लामो सम्बन्धका विविध आयामबारे छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए। भेटमा राजदूत फ्रान्कोसीले नेपालमा देखिएको राजनीतिक स्थायित्वप्रति खुशी व्यक्त गर्दै फ्रेञ्च कम्पनीले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्रयाउन चाहेको र यसको लागि नेपालको आवश्यकता के हो भन्ने विषय पहिचान गर्न जरुरी रहेको समेत अताएका थियो।

२०७५ पुष ७ गते ८:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर