भारतको काश्मिरमा छ जना लडाकू मारिए

आजको खबर   |    प्रकाशित : २०७५ पुष ७ गते ८:४१

नयाँदिल्ली । भारतीय सुरक्षा फौजको कारबाहीमा भारत नियन्त्रित काश्मिरमा छ जना लडाकू मारिएको सुरक्षा स्रोतले जनाएको छ ।

सेनाका अनुसार पुल्वामा जिल्लाको अवन्तीपोरा भन्ने ठाउँमा भएको भिडन्तमा ती व्यक्ति मारिएका हुन् । सुरक्षाकर्मीहरुले घटनास्थलबाट हातहतियार तथा विभिन्न बन्दोबस्तीका सामग्री पनि बरामद गरेको छ ।

लडाकूहरु लुकेर बसेको भन्ने विश्वसनीय सूचनाका आधारमा अवन्तीपोरामा शनिबार बिहानै खोज कारबाही गरिएको थियो । उनीहरुले सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए । मारिएका लडाकूको पहिचान खुल्न नसकेको सेनाले जनाएको छ ।

२०७५ पुष ७ गते ८:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर