फेसबुकमा गरेको प्रेमले गर्दा ६ वर्ष जेल सजाय भोग्नु पर्यो

आजको खबर   |    प्रकाशित : २०७५ पुष ७ गते १२:३७

मुम्बई । ‘फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,’ पाकिस्तानी जेलमा छ वर्ष बिताई यसै हप्ता देश फर्किएका भारतीय नागरिक बताए ।

भारतीय इन्जिनियर हमिद नेहाल सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग प्रेममा परे । प्रेमीकालाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगे ।

फेसबुकमा आफूले प्राप्त गरेको ठेगाना पछ्याउँदै अन्सारी पाकिस्तानी किशोरीको घरमा पुग्दा त्यहाँ पाकिस्तानी प्रहरी तैनाथ थिए र उनलाई त्यहीँबाट पक्राउ गरियो । उनलाई पछि जासूसी गरेको र नक्कली कागजात बनाएको अभियोगमा छ वर्षको जेल सजाय तोकियो ।

‘अपरिचित व्यक्तिसँग भावनामा नडुब्नुस् र फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत् ‘माया जाल’ मा नफस्नुस् ,’ अन्सारीले आफू रिहा भई भारत फर्केको तीन दिनपछि एएफपीसँगको कुराकानीमा भने ।

पाकिस्तानी जेलमा छ वर्षको बसाइपछि मङ्गलबार घर फर्किएका थिए उनी । अन्सारी भारतीय सीमानामा पुगेपछि निकै भावुक भए । आफ्नी आमासँग अंकमाल गरेपछि  जन्मभूमिलाई घोप्टो परेर ढोगेको श्रव्यदृश्य स्थानीय सञ्चारमाध्यमहरूले पनि प्रसारण गरे। उक्त दृष्य सामाजिक सञ्जालमा पनि ‘भाइरल’ बनेको छ ।

‘निर्वासित हुन पाउनु मेरो जीवनका लागि सबैभन्दा खुशीको क्षण भएको छ,’ तेत्तीस वर्षीय अन्सारीले मुम्बईस्थित आफ्नो घरबाट फोनमा बताए। उनले भने, ‘अब मैले एउटा व्यवसाय सुरु गर्छु । विवाह गर्छु । आफ्नो र परिवारको सुखमा रमाउँछु । मलाई थप सामाजिक बन्नु छैन ।’

क्षेत्रीय प्रतिस्पर्धी भारत र पाकिस्तानबीच सन् १९४७ मा बेलायतबाट उनीहरू स्वतन्त्र भएपछि तीन ठूला युद्ध भएका छन् । उनीहरूले फरक फरक समय र परिस्थितिमा एक अर्काका नागरिकलाई जासूसी आरोपमा पक्राउ गर्ने र थुन्ने विषय सामान्यजस्तै देखिँदै आएको छ ।

२०७५ पुष ७ गते १२:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर