टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीले खाए सांसद पदको सपथ

आजको खबर   |    प्रकाशित : २०७५ पुष १९ गते १०:१९

काठमाडौं । कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित राजपा सांसद रेशम चौधरीले आज सपथ ग्रहण गरेका गरेका छन्। उनलाई आज प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

उनले थारु भाषामा सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण कार्यक्रममा पूर्व सभामुख तथा सत्तारुढ दलका सांसद सुवासचन्द्र नेम्वाङसहित राजपाका सबै नेताहरु सहभागी भएका थिए।

सपथ ग्रहण कार्यक्रमपछि चौधरीलाई पुनः डिल्लीबजार कारागारमा लगिएको छ । चौधरीलाई लिनका लागि उनको श्रीमती र छोरा पनि सिंहदरबार आएका थिए।

टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित सात सुरक्षाकर्मीको हत्या भएपछि फरार रहेका चौधरीले फागुन १४ गते २०७४ मा आत्मसमपर्ण गरेका थिए। चौधरीलाई टीकापुर घटनाका मुख्य योजनाकार ठहर गरिएको थियो । उनले अहिले जेल जीवन विताइरहेका छन्।

२०७५ पुष १९ गते १०:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर