नेकपाले रविन्द्र अधिकारीलाइ बर्खास्त गर्दै

आजको खबर   |    प्रकाशित : २०७५ पुष २१ गते ८:४७

काठमांडौ । वाईडबडी खरिदमा भएको अनिमियतता र भ्रष्टचारको कारण वर्तमान सरकार यतिबेला आलोचित बनिरहेको छ । वाईडबडी बिमान घोटाला छानबिन गर्न गठित संसदीय उपसमितिले चार अर्ब ३५ करोड ५६ लाख घोटाला भएको प्रतिवेदन सार्वजनिक गरेतापनि त्यसले सकरात्मक नतिजा दिन सकेन त्यसपछि सरकारले उक्त प्रतिवेदनलाई अस्वीकार गर्दे छानबिन समिती गठन गरेको छ ।

वाईडबडी प्रकरणको कारण नेकपाभित्र ठुलो आपत् आइलागेको छ । बिमान घोटालामा मन्त्री रवीन्द्र अधिकारी मुछिएपछि उनलाई बर्खास्ती गरी कारवाही गर्न नेकपाभित्रै र बिपक्षी दलबाट पनि चर्को दबाब दिएकाले सरकारलाई आपत् आइलागेको छ । यसैबिच नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ले पनि प्रधानमन्त्रीसंग भेट गरेर रवीन्द्र अधिकारीलाई बर्खास्त गर्न आग्रह गरेका छन् । चर्को दबाब परेपछि हिजोमात्र प्रचण्ड र ओलीले भेटवार्ता पनि गरेका छन् । पार्टीभित्रै बिवाद र चर्को दबाब भएपछि प्रधानमन्त्री ओलीले मन्त्री अधिकारी बर्खास्त गर्ने तयारी गरिरहेको श्रोतको दाबी छ ।

संसदीय उपसमितिले वाईडबडी बिमान खरिदमा मन्त्री अधिकारीसंगै पूर्व मन्त्रीद्धय जीवन बहादुर शाही र जीतेन्द्र नारायण देवलाई पनि दोषी देखाएको छ । बिमान खरिदमा भएको घोटालामा मन्त्री अधिकारीको हात नभएपनि नैतिकताका आधारमा उनले राजिनामा दिनु पर्ने यतिबेला टिप्पणी भईरहेको छ ।

२०७५ पुष २१ गते ८:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर