कम उमेरको पुरुषसंग विवाह गरेको आरोपमा एक महिला आफ्नी छोरीसहित जेलमा

आजको खबर   |    प्रकाशित : २०७५ पुष २१ गते १७:३५

कम उमेरको पुरुषसँग विवाह गरेको आरोपमा भारतको मुम्बईमा २० वर्षकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । १७ वर्षका पुरुषसँग विवाह गरेको आरोपमा ती महिलालाई प्रहरीले पक्राउ गरी करागार चलान गरेको हो ।

ती महिला पाँच वर्षकी छोरीसहित जेल बसिरहेकी छिन । पुरुषका आमाले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बाल यौन दुराचार ऐन अन्तर्गत कारबाही गरिएको हो ।

ती महिलाले उनीहरुको सम्बन्ध सहमतिमा भएको र उनको श्रीमान कम उमेरको नभएको दाबी गरेकी छिन । भारतमा यौन सम्बन्ध राख्न १८ वर्ष पूरा हुनुपर्ने कानुन रहेको छ । विवाहको लागि पुरुष २१ वर्ष र महिला १८ वर्ष पूरा हुनुपर्ने कानुनी मान्यता रहेको छ ।

प्रहरीले ती महिलालाई विवाह सम्बन्धीको कानुन उलङ्घन गरेको भन्दै कारबाही गरेको जनाएको छ । पुरुषलाई कम उमेरका केटीसँग विवाह गरेको आरोपमा पक्राउ गरेका घटना धेरै भएपनि महिलालाई कम उमेरका पुरुषसँग विवाह गरेको आरोपमा कारबाही गरिएको यस्तो घटना भने कमै हुने गरेको छ ।

बीबीसी हिन्दीका अनुसार ती पुरुषकी आमाले गएको डिसेम्बरमा ती महिलाविरुद्ध आफ्नो छोरालाई अपहरण गरेर विवाह गर्न जबरजस्ती गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । पुरुषकी आमाले आफूलाई छोराले ती महिलासँग भेट्न नदिए मार्ने धम्की समेत दिएको भनेर उजुरीमा उल्लेख गरेकी छिन ।

आमाका अनुसार ती पुरुष र महिलाको सम्बन्ध दुई वर्षदेखि चलिरहेको थियो । आमाले आफ्ना दुई छोरी १८ र २० वर्षका रहेकाले १७ वर्षको छोराको अहिल्यै विवाह गर्न नसक्ने उजुरीमा उल्लेख गरेकी छिन ।

२०७५ पुष २१ गते १७:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर