वाइडबडी प्रकरणमा व्यापाक भ्रष्टाचार भएको ठहर गर्दै छानबिनका लागि अख्तियारमा उजुरी

आजको खबर   |    प्रकाशित : २०७५ पुष २२ गते १५:३८

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिको उपसमिति र महालेखा परीक्षकको प्रतिवेदनमा समेत नेपाल वायु सेवा निगमले खरिद गरेको एअर बस कम्पनीका दुई वटा वाइडबडी विमान खरिद प्रक्रियामा भ्रष्टाचार भएको ठहर भएको भन्दै यो प्रकरणमा अनुसन्धान गर्न माग गर्दै आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइएको छ ।

साझा विकेकशील पार्टीका संयोजक उज्ज्वल थापालगायतको समूहले अख्तियारमा आइतबार उजुरी दर्ता गराएको हो । उजुरीकर्ताहले यस प्रकरणमा व्यापाक भ्रष्टाचार भएको ठहर गर्दै दोषी सबैमाथि कानुन कारबाहीका लागि अनुसन्धान गर्न अख्तियारसँग आग्रह गरेका छन् । उनीहरुले यो प्रकरणलाई अग्रस्थान दिएर अनुसन्धान गर्न पनि उनीहरुले अख्तियारसँग आग्रह गरेका छन् ।

वाइडबडी विमान खरिद प्रकरणमा कम्तिमा ४ अर्ब भन्दा धेरै रकम भ्रष्टाचार भएको संसदको लेखा समितिमा पेस भएको प्रतिवेदनमा औंल्याइएको छ ।

प्रतिवेदनले वर्तमान संस्कृति पर्यट तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्र नारायण देव, दुई जना सचिब प्रेमकुमार राई र कृष्णप्रसाद देवकोटा, निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलगायत विभिन्न् ३४ जनालाई दोषी ठहर गरिएको छ ।

यो विषयमा लेखा समितिमा सोमबारसमेत छलफल हुने कार्यक्रम छ । सरकारले पनि यो विषयमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

२०७५ पुष २२ गते १५:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर