चट्याङले फोन र इन्टरनेट सेवा अवरुद्ध

आजको खबर   |    प्रकाशित : २०७५ माघ २७ गते ७:४४

बैतडी,। चट्याङले जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । बुधबार हावाहुरीसँगै परेको वर्षा, असिना र हिमपातले यहाँको फोन र इन्टरनेट सेवा अवरुद्ध गराएको थियो ।

फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका नागरीक सञ्चार सुविधाबाट वच्चित भएका छन् । नमस्ते फोनको नेटवर्क कुनै कुनै बेला आए पनि राम्रोसँग काम नगर्ने गरेको सेवाग्राहीको भनाइ थियो । यस्तै सिगास गाउँपालिका–९ चौखामलगायत टोलमा एक हप्तादेखि नमस्तेफोनको नेटर्वक नभएको त्यहाँका बासिन्दाले बताए ।

यस्तै मेलौली नगरपालिकामा पनि नमस्ते फोनको नेटर्वक नभएको भीमप्रसाद न्यौपानेले जानकारी दिए। दशरथचन्द नगरपालिकाको कटपतेमा रहेको टेलिकमको टावरमा चट्याङ परेकाले फोन र इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडी शाखाका प्रमुख सुरत खड्काले बताए । अवरुद्ध फोन र इन्टरनेट सेवा आज अपरान्हसम्म सञ्चालनमा ल्याइने उनको भनाइ थियो । सिगास मेलौली लगायत ठाउँमा भने हिमपातका कारण फोनसेवा अवरुद्ध भएको बताइएको छ ।

२०७५ माघ २७ गते ७:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर