अष्ट्रेलियाको एआइबिटी नामको अर्को कलेज पनि खारेज, १ हजार नेपाली विद्यार्थी अन्यौलमा

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १५ गते ५:२०

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा रहेको एआइबिटी ईन्टरनेसनल कलेजको पनि दर्ता खारेज भएको छ ।

Vocational and Education Training (VET) कोर्स पढाइ हुने शैक्षिक संस्थालाई नियमन गर्ने निकाय Australian Skills Quality Authority (ASQA) ले  मे २८ मा सार्वजनिक गरेको नियमनकारी निर्णय अनुसार आउँदो जुन १९ देखि लागू हुनेगरी दर्ता खारेज भएको जनाईएको छ।

ASQA को यस निर्णय उपर चित्त नबुझे कलेजले Administrative Appeal Tribunal (AAT) समक्ष निवेदन दर्ता गराउन सक्नेछ । सिधा कुरा जनतासंग कार्यक्रमका प्रस्तोता रबी लामिछानेले नेपाली विद्यार्थीहरुका समस्या बारे छलफल चलाइरहँदा उक्त विषयले निकै चर्चा पाएको छ।

केही महिना अघि AIBT को दर्ता खारेजले ठूलो हलचल ल्याएको केही समय नबित्दै AIBT International माथि पनि कारवाही भएको हो । उच्च अध्ययनका लागि अष्ट्रेलिया आएका हजारौं नेपाली विद्यार्थी गलत सल्लाह र सुझावका कारण शैक्षिक अन्यौलमा पर्ने गरेको घटना सेलाउन नपाउँदै फेरि करिब एक हजार नेपाली विद्यार्थी समस्यामा परेका छन्।

तीन महिनाअघि एकै नामको एआइबिटी कलेजको नर्सिङ निकायको दर्ता हुन नसक्दा र खारेजीमा पर्दा हजारौं नेपाली विद्यार्थी अलपत्र परेका थिए।

२०७६ जेठ १५ गते ५:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर