मौसमी फल आरुवखडाको यति धेरै फाइदा, जान्नुहोस्

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २८ गते १:५५

आरुवखडा मौसमको फल हो । अहिले गाउँघरमा लटरम्म आरुवखडा फलेको देख्नसकिन्न्छ भने बजारमा पनि जतातत्तै आरुवखडा बेच्न राखिएका छन् । मौसम अनुकुल फलफूल स्वादका साथ साथै शरीरको लागि निकै लाभदायक हुन्छ ।

वर्षायाम सुरु भएसँगै आरुवखडा पाक्ने गर्छ । त्यसो त आरुवखडापनि केही प्रजातिका हुन्छन् । जस्तो गीनगेज, अली ट्रान्सपारेन्ट गेज, स्तान्ले, मिथेली, मेरी पोसा, केल्सी, सान्तारोजा आदि । सामान्यत एउटा बोटबाट ३५ देखि ५० केजीसम्म आरुवखडाफल्ने गर्छ । यस हिसाबले आर्थिक आयआर्जनका लागि पनि आरुबखडाको खेती उपयोगी हुन्छ ।

आरुवखडाको स्वास्थ्य लाभ

आरुवखडा मौसमी फल । यसलाई उमार्न, फलाउन, भण्डारण गर्नका लागि किटनासक वा रसायनको प्रयोग गरिदैन । अनुकुल हावापानी र उर्बर माटोमा आरुवखडा राम्ररी फल्छ । त्यसैले यो पूर्णत जैविक फल पनि हो ।

आरुवखडा स्वादको लागि खाने त भइयो नै । साथसाथै यसले स्वास्थ्य लाभ पनि मिल्छ । खासगरी आरुवखडामा एन्टि अक्सिडेन्टको मात्रा पाइन्छ । यसैगरी फाइबर तत्व पर्याप्त मात्रामा पाइन्छ । यसमा भिटामिन सि, पोटासियम, बेटा कारोटिन, खनिज तत्व पनि पाइन्छ ।

आरुवखडामा फाइबर हुने भएकाले कब्जियतको समस्या हटाउन सहयोग गर्छ । पेट सम्बन्धीको समस्या वा पाचनको समस्या हटाउन आलुवखडा उपयोगी हुन्छ ।

यसमा फाइबरसहित सोर्विटोल तथा इसाटिन भन्ने तत्व पनि हुन्छ, जसले प्राकृतिक रुपमा पाचन प्रणालीलाई चुस्त राख्न सहयोग गर्छ ।

आरुवखडा मधुमेह रोगीका लागि समेत उपयोगी हुने बताइन्छ । यसमा ग्लुकोजको मात्रा कम हुने भएकाले मधुमेह रोगीले खान सक्छन् । अझ यसले मधुमेह नियन्त्रणमा सहयोग गर्छ भनिन्छ ।

रातो निलो देखिने अरुवखडामा एन्थोसायनिन नामको तत्व पाइन्छ । यसले क्यान्सरको कारण मानिने हानिकारक फ्रि र्‍याडिकल्सहरुको सफाई गर्ने बताइन्छ । यसैगरी स्तन क्यान्सरको संभावना पनि यसले कम गर्छ । आरुवखडामा एन्टिअक्सिडेन्ट हुने भएकाले यसले अल्जाइमर जस्ता रोगको संभावना कम गर्छ ।

आरुवखडामा भिटामिन सि पनि पाइन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा कम क्यालोरी हुने भएकाले मोटोपन घटाउन सहयोग गर्छ । छालाको लागि पनि यो फाइदाजनक हुन्छ । एजेन्सी

२०७६ जेठ २८ गते १:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर