गुठीसम्बन्धी विधेयक संविधानको मर्म विपरीत : काङ्ग्रेस

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २८ गते ६:४६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले हालै अघि बढाएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल हुनेगरी धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको जनाएको छ।

काङ्ग्रेसले विज्ञप्तिमार्फत संविधानको प्रतिकूल, धर्म, संस्कृति, परम्पराको विनास गर्ने र गुठीको अस्तित्वलाई नै समाप्त पार्ने गरी विधेयक ल्याइएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने जनाएको हो।

साथै काङ्ग्रेसले विधेयक तुरुन्त फिर्ता गरी सरोकारवालासँग सार्थक संवादमार्फत सहमतिका आधारमा तत्काल समाधान खोज्न सरकारसँग माग गरेको छ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत उक्त विधेयकको विरुद्धमा आइतबार शान्तिपूर्ण रूपमा भेला भई विरोध प्रदर्शन गरेका विभिन्न गुठीका गुठीयार र आम नागरिकमाथि सरकारद्वारा दमन भएको भन्दै विरोध जनाएका छन् ।

२०७६ जेठ २८ गते ६:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर