गुठी सम्बन्धी विधेयक संविधान विपरित छ, तत्काल फिर्ता लिनुस् : पूर्व मन्त्री प्रधान

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ३० गते ६:५७

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री भीमसेन दास प्रधानले गुठी सम्बन्धी विधेयक संविधान विपरित भएको भन्दै तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले संविधानले गरेको व्यवस्था विपरित सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको दाबी गरे।

राजधानीमा गुठी सम्बन्धी विधेयक लगायत सरकारले संविधान विपरित ल्याएका विधेयक विरुद्ध काठमाडौँमा दिनहुँ विरोध प्रर्दशन र आन्दोलनहरु भईरहेको भन्दै उनले समयमै सच्चिन सरकारलाई चेतावनी दिए । उनले भने “काठमाडौँमा आन्दोलनको हुरी चल्दैछ । बादल गर्जिदै छ दिनका दिन आन्दोलनको । विधेयक तुरुन्तै फिर्ता गरि सरोकारवालाहरु संग विधेयक संसोधन गरेन भने आन्दोलन चर्किन्छ  र त्यो आन्दोलनले कहाँ पुर्याउछ भनेर भन्न सकिन्न । ”

काठमाडौँ उपत्यकाबासीको आन्दोलन कुनै पनि शक्तिले थेग्न नसक्ने भन्दै उनले समयै सचेत हुन सरकारको गभ्भीर ध्यानाकर्षण गराए ।उनले भने “काठमाडौँका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न सक्दैन । हेक्का राख्नुहोस् अहिले केपी शर्मा ओलीको सरकार ठल्ने भन्ने चिन्ता होइन । संविधानप्रति नै जनताले अनास्था गर्ला भन्ने चिन्ता हो । काठमाडौँका जनता जुरुक्क उठेपछि राजतन्त्र फालियो । ”

गुठी सम्बन्धी विधेयक मार्फत सरकारले ऐतिहासिक, पुरातात्वीक महत्व, धर्म , संस्कृति र सम्पदामाथि धावा बोल्ने काम गरेको उनको आरोप थियो । सभामुख कृष्ण बहादुर महराले विहिबारको बैठक प्रारम्भ भएको जानकारी गराएलगत्त नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएपछि उहाँले भीमसेनदास प्रधानलाई बोल्नका लागि समय दिएका थिए ।

२०७६ जेठ ३० गते ६:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर