गर्मीमा उखुको जुस खान सबैलाई मनपर्छ तर, होसियार! यस्ता व्यक्तिले पिउनै हुन्न उखुको जुस

आजको खबर   |    प्रकाशित : २०७६ असार ९ गते २:०२

गर्मीको समयमा उखुको रस बजारमा प्रसस्त मात्रामा पाइन्छ । प्यास पनि मेटाउने र शरीरलाई चिसो नि बनाउने भएकाले मानिसहरू गर्मीको समयमा यसलाई बडी रुचाउने गर्छन् ।

गर्मीमा स्वादिलो उखुको जुसले शीतलता मात्रै प्रदान गर्दैन यसले हाम्रो स्वस्थमा पनि धेरै फाइदा गर्छ । तर हरेक मानिसले उखुको रस खान हुदैन । केही मानिसलाई उखुको रस खाँदा स्वास्थ्यमा झन् ठुलो समस्या आउन सक्छ । त्यसैले कस्ता मानिसले खाने र कस्ताले नखाने भन्ने कुरा राम्ररी जान्नुपर्छ ।

यदि तपाईँलाई खोकी लागिरहेको छ भने उखुको रस नपिउँनुहोस् । यस्तो अवस्थामा उखुको रस पिउँनाले तपाईँको शरीरमा कफको समस्या झनै बढेर जान्छ । त्यस्तै, पेटसँग सम्बन्धित कुनै पनि समस्या भइरहेको छ भने त्यस्तो अवस्थामा उखुको रस पिउन नहुने बताइन्छ ।

उखुको रसले शरीरमा चिनीको मात्रा बढाउँछ । यदि तपाई मधुमेहको रोगी हुनुहुन्छ भने तपाईंले उखुको रस पिउनुहुँदैन । यो तपाईका लागि विष सरह हुन्छ । यदि तपाईँको तौल बढेको छ वा मोटोपनको समस्यामा हुनुहुन्छ भने उखुको रस नपिउनुहोस् । उखुको रसमा बढी मात्रामा क्यालोयिरजसुगर हुन्छ ।

कुन कुन अवस्थामा उखुको जुस सेवन गर्नु हानिकारक हुन्छ

१‍ श्वासको समस्या : जुन मानिसलाई दाँतमा दुखाईको समस्या छ , श्वासको समस्या वा दाँतमा प्वाल परेको छ ती मानिसहरूले उखुको रस सेवन गर्नु हुँदैन यसले उनीहरूको समस्या बढ्न सक्छ । यसका साथै दाँतमा कीरा लागेको छ भने यसमा हुने चिनीले समस्या हुन्छ ।

२‍ पेटको खराबी : पेटमा खराबी भए उखुको रसले पखाला चल्न सक्छ । तपाईँको शरीरको प्रभाव गरम छ वा तपाईँको पेटमा कीरा छन् भने पनि उखुको रस सेवन गर्नु तपाईँको लागि नोक्सानदायक सावित हुन सक्छ ।

३ मधुमेह : यदि तपाईँलाई मधुमेह अर्थात डायबिटिज छ भने तपाईँलाई उखुको जुस सेवन गर्नु नोक्सानदायक हुन सक्छ किनकी यसमा गुलियोको मात्रा अत्याधिक हुन्छ ।

४‍ कफको समस्या छ वा खोकी लागेको छ भने त्यस्तो अवस्थामा पनि उखुको जुस तपाईंले सेवन गर्नु हानिकारक हुन्छ । यसबाट बच्नु नै राम्रो हुन्छ ।

५ यदि तपाईंले आफ्नो तौल कम गर्न चाहिरहनु भएको छ र तपाईँको तौल धेरै बढेको छ भने उखुको जुस सेवन नगर्नु नै राम्रो हुन्छ किनभने यसमा रहेको गुलियो र कार्बोहाइड्रेट तौल बढाउनमा सहायक हुन्छ ।

२०७६ असार ९ गते २:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर