कुवेतमा एक नेपालीको निधन

आजको खबर   |    प्रकाशित : २०७६ असार १२ गते ४:१०

कुवेत । कुवेतमा एक जना नेपालीको निधन भएको छ । बुधबार बिहान हृदयघातका कारण भक्तपुर नगरपालिका  ८ का ४५ वर्षीय बिक्रम न्याइच्याइँ (श्रेष्ठ) को निधन उनीसँगै बस्ने साथीले जानकारी दिएका छन् ।

उनी विगत ९ महिनादेखि कुवेतको अल अफरा रेडि मिक्स कम्पनीमा काम गर्दे आएका थिए।

साथीले दिएको जानकारीअनुसार बुधबार बिहान उनले आफ्नो छाती दुखेकोले काम गर्न नसक्ने बताएका थिए । समस्या सुपरभाइजर समक्ष लिएर जाँदा सुपरभाइजरको कार्यलयको ढोकामा नै उनी बेहोस भएका थिए।

बेहोस भएका उनीलाई तत्कालै अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याइएको केही समयमै डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे कुवेतस्थित नेपाली राजदूतावासमा जानकारी गराइसकिएको छ ।

२०७६ असार १२ गते ४:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर