गायक राजेश पायल राईको घरमा आगलागि, अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ भदौ ३१ गते २:१२

काठमाडौं। गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट के कति क्षती भएको छ भन्ने विवरण आइसकेको छैन ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । तर उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । यतिबेला साङ्गीतिक कार्यक्रमका लागि राजेश काठमाडौं बाहिर छन् ।

आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिएका छन्।

उनले लेखेका छन्, ‘म पिडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन ।। मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन.. अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद माया ,सुझाव नजलोस् .. म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छे।’

२०७६ भदौ ३१ गते २:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर