बेलुका नुहाएर सुत्नुहोस् पाउनुहुनेछ यस्ता चमत्कारी फाइदा

आजको खबर   |    प्रकाशित : २०७६ असार १२ गते १४:१८

काठमाडौँ । नुहाउनु एउटा दैनिक क्रिया हो । नुहाउनुले हाम्रो शरीरको मैलो निस्किन्छ र ताजगी महशुस गराउँछ । धेरै मान्छे बिहान नुहाउँछन् ।

गर्मी निकै बढेको छ । अझ तराईमा त झन् खपिनसक्नु भएको छ । दिनभरी काम गर्दा होस् या डुल्दा पसिना आँउछ । यस्तो मौसममा तपाई हामीलाई बेलुकी पख नुहाएर सुत्न मन लाग्छ । राति नुहाउँदा दिनभरिको पसिना, चिल्लो पदार्थ र एलर्जी निकालेर गहिरो निद्रा लाग्ने बनाउँछ । साथै छालामा रहेको अनावश्यक तत्व निस्केर सुन्दर बनाउँछ।

यस्ता छन् बेलुका नुहाएर सुत्नुका फाईदा ः-

– रातमा सुत्नअघि नुहाएमा दिनभरिको थकान मेटाउछ। यसो गर्नाले शरिरलाई आराम दिलाउँछ र मिठो निन्द्रा लाग्छ।

– रातको समयमा हल्का मनतातो पानीले नुहाउँदा ब्लड सुगरको मात्रा कम हुन्छ।

– रातीमा चिसो पानीले नुहाउँनाले उच्च रक्तचामको समस्या नियन्त्रण हुन्छ।

– रातको समयमा दिनहुँ चिसोपानीले नुहाउँनाले शरिरको तौल कम गर्न मद्वत हुन्छ।

– एक अध्ययनका अनुसार रातमा सुत्नअघि मनतातो पानीले नुहाउनाले माइग्रेनको समस्याबाट राहत मिल्ने बताएको छ।

– रातमा सुत्नअघि नुहाउँनाले छालाको संक्रमणको खतरा हुँदैन र छाला स्वस्थ्य बनाई राख्छ।

२०७६ असार १२ गते १४:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर