आज बढ्यो कि घट्यो सुनको मूल्य ? हेर्नुहोस् …

आजको खबर   |    प्रकाशित : २०७६ असार १३ गते ७:११

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। मंगलबार इतिहासकै उच्च विन्दूमा पुगेको सुनको भाउ बुधबार ५ सय रुपैयाँले घटेर ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज शुक्रबार पनि छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले डिसी नेपाललाई जनाएको छ।

आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने ओरालो लागेको छ । आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।

बुधबार चाँदी ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको मुल्य केही बढी पर्न सक्ने छ।

२०७६ असार १३ गते ७:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर