यीनै हुन् सन्तोष कार्की जसले फैलायो काठमाडौंमा सिरिन्ज आंतक (हेर्नुस् फोटोमा)

आजको खबर   |    प्रकाशित : २०७६ असार १३ गते ८:०१

काठमाडौं। काठमाडौं उपत्यकामा सिरिन्ज आतंक फैलाउने एक जनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ।

सबै तस्वीर : डिसी नेपाल डटकम

प्रहरीले नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्कीलाई महाराजगंजबाट गएराती १० बजे पक्राउ गरेको थियो। रामेछाप घर भएका उनलाई शुक्रबार काठमाडौं प्रहरी परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

अभियक्त कार्कीले यसअघि काठमाडौंका विभिन्न स्थानमा धारिलो वस्तुले महिलाहरुलाई घोचेको भनि उजुरी परेको थियो।

सुरुमा सिरिन्जले घोपेको भन्ने आशंका गरिएपनि कार्की पत्रकार सम्मेलनमा आफूले ढलान गर्ने काटीले घोचेको बताएका छन्।
उनले आफूलाई रमाइलोका लागि यस्तो कार्य गरेको बताए।

२०७६ असार १३ गते ८:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर