तपाईको फेसबुकको प्रोफाइल कस्ले हेर्यो ? यसरी पत्ता लगाउनुहोस्

आजको खबर   |    प्रकाशित : २०७६ असार १३ गते १७:०७

एजेन्सी । अहिलेको समयमा सामाजिक सञ्जाल मानिसको अपरिहार्य जस्तै भैसकेको छ । आजकाल त युवा हुन वा बृद्व सबै सामाजिक सामाजिक सञ्जालमा सक्रिय छन् । अझ फेसबूक त झन् अझ बढि प्रयोग गरिन्छ । अरुको जानकारी लिन र तस्विर हेर्नका लागि सामाजिक सञ्जाल फेसबुक अहिले सबैभन्दा सहज माध्यम बनेको छ । मानिसहरु साथी भएपनि नभएपनि एक अर्काका फेसबुकबारे जानकारी लिइरहन्छन् ।

तर तपाइँले आफ्नो फेसबुकको प्रोफाईल कसले हेरिरहेको छ भन्ने जान्न चहानुहुन्छ ? अब गुगल क्रोम एक्सटेन्सनको मद्धतले आफ्नो फेसबुक प्रोफाइल हेर्नेहरुको बारेमा सजिलै जानकारी लिन सकिन्छ ।

तपाइँको फेसबुक कसले हेरिरहेको छ र सबैभन्दा बढी भिजिट गर्ने को हुन सक्छ भन्ने बारेमा थाहा पाउन गुगल क्रोममा Facebook Flat एक्स्टेन्सन राखिएको छ ।

तपाइँले आफ्नो क्रोममा यो एक्स्टेन्सन एड गरेपछि तपाइँको फेसबुकमा नयाँ लुक आउँछ । यसले तपाइँको फेसबुक कसले हेरिरहेको छ भन्ने जानकारी दिएसंगै कतिपटक हेरे भन्ने जानकारी दिन्छ ।

यसरी पत्ता लगाउनुहोस् आफ्नो फेसबुकको प्रोफाइल को-कोसले हेरिरहेको छ ः-

१, सबैभन्दा शुरुमा गुगल क्रोममा यो एक्स्टेन्सन राख्नुस् । यसका लागि क्रोममा गएर Facebook Flat टाइप गर्नुस् । गुगलको वेबस्टोरमा गइ Facebook Flat लाइ क्रोममा एड गर्न “Add to chrome” अप्सनमा क्लिक गर्नुस् । केही बेरमा “Added to Chrome” म्यासेज देखिन्छ ।

२, ब्राउजरमा यो एक्स्टेन्सन एड भएपछि फेसबुकको प्रोफाइलमा गएर रिफ्रेस गर्नुस् । त्यहाँ बायाँ पट्टी सबै आइकन देखिन्छ । त्यहाँ फिडको लागि पनि हरियो बटन हुन्छ ।

३, बायाँ पट्टीको प्यानलमा दुरविन आकारको आइकन देख्नु भो भने यहाँ क्लिक गर्नुस् । यो आइकनले तपाइँको फेसबुक कस कसले हेरिरहेका छन् भन्ने विवरण दिन्छ ।

२०७६ असार १३ गते १७:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर