पौडी खेल्ने क्रममा नदीमा डुबेर तीन युवकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७६ असार १४ गते १३:३३

लम्की । पौडी खेल्ने क्रममा आज डुबेर तीनको मृत्यु भएको छ । कैलालीको लम्की, चुहा नगरपालिका–५ स्थित रोरा नदीमा डुबेर वडा नं २ का अमर उपाध्यायका १५ वर्षीय छोरा मिलन उपाध्यायको मृत्यु भएको छ ।

लम्की–चुहा नगरपालिका–३ चिसापानीमा रानी–जमरा– कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–१० का अन्दाजी २३/२४ वर्षका करण बुढाथोकी र कृष्ण ओली रहेको प्रहरीले जनाएको छ ।

उनीहरु कोहलपुरबाट चिसापानी घुम्न आएको समयमा नहरमा नुहाउन लाग्दा डुबेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र केसीले जानकारी दिनुभयो । डुबेका उनीहरुको शव प्रहरी र स्थानीयवासीको सहयोगमा नहरबाट निकालिएको र अहिले परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । (रासस)

२०७६ असार १४ गते १३:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर