कब्जियत, मधुमेह, क्यान्सर देखि तौल घटाउनका लागि अचुक ओखती : काँचो केरा !

आजको खबर   |    प्रकाशित : २०७६ असार १४ गते १५:२४

काठमाण्डौ । केरा प्राय सबै ठाँउमा सजिलै पाईने फलफुल हो । पाकेको केराको फाइदाका त प्राय सबैलाई थाहा नै होला, तर के तपाईलाई काँचो केरा खानु झनै फाईदाजनक हुन्छ ।

काँचो केराका फाइदाहरु निम्न छन् ः-

१. तौल घटाउँन – तौल घटाउँनका लागि दैनिक एक काचो केरा खानु लाभदायिक हुन्छ । यसरमा भरपूर मात्रामा पाइने फाइबरले अनावश्यक फ्याट सेल्स र फोहोरलाई सफा गर्न मद्दत गर्छ ।

२. कब्जियतको समस्या – काँचो केरामा फाइबर र हेल्ची स्टार्च नामक तत्व हुन्छन्, जसले आन्द्रामा कुनै पनि प्रकारका अशद्धि उत्पन्न हुन दिँदैन । तपाईलाई कब्ज्यितको समस्या छ भने काँचो केरा फाइदाजन साबित हुन्छ ।

३. भोक शान्त पार्ने – काँचो केरामा पाइने फाइबर र अन्य केही पोषक तत्वले भोक नियन्त्रण गर्ने काम गर्छ । काँचो केरा खानाले समयमा भोक नलाग्ने हुन्छ ।

४. मधुमेह नियन्त्रण – मधुमेहका रोगीले काँचो केरा खान सुरु गर्नुहोस् । यो रोग नियन्त्रण गर्ने अचुक औषधि हो ।

५. पाचन क्रिया सुधार्छ – काँचो केराको नियमित सेवन गर्नाले पाचन क्रियामा सुधार आउँछ ।

६. क्यान्सर, हड्डी – यसबाहेक काँचो केरा धेरै प्रकारका क्यान्सरबाट बचाउँनमा पनि सहायक भूमिका खेल्छ । त्यस्तै, काँचो केरामा पाइने क्याल्सियमले बलियो हड्डी बनाउँनमा पनि सहायक भूमिका खेल्छ ।

२०७६ असार १४ गते १५:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर