धारिलो हतियार प्रहारबाट ६० वर्षीया वृद्धाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७६ असार १६ गते ३:१६

भक्तपुर । चाँगुनारायण नगरपालिका-७ बस्ने सिन्धुपाल्चोक बाँडेगाउँ घर भएकी ६० वर्षीया सावित्री भट्टराईको धारिलो हतियार प्रहारबाट आइतबार मृत्यु भएको छ।

घरमा एक्लै भएको अवस्थामा अपरिचित व्यक्तिले धारिलो हतियारले घाँटीमा प्रहार गर्दा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो।

धारिलो हतियार प्रहारपश्चात फरार रहेको व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

२०७६ असार १६ गते ३:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर