सरकारका काम कारवाही अलोकप्रिय : वरिष्ठ नेता नेपाल

आजको खबर   |    प्रकाशित : २०७६ असार १७ गते ९:१०

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएको टिप्पणी गरेको छन्। पूर्व सांसद मञ्च नेपालको १९ औं साधरण सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै नेता नेपालले पूर्वाधार विनाका योजना घोषणा, मनपरी नियुक्ति अवकासलगायत क्रियाकलावका कारण जनतामा असन्तुष्टी बढ्दै टिप्पणी गरेका हुन्।

न्युनतम पूर्वाधार विना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या श्रृजना भएको टिप्पणी उनले गरे। व्यवहारमा पुष्टी नहुने सिद्धान्त सही सिद्धान्त नहुने भन्दै उनले परिर्वतनको आवश्यकता औंल्याए। उनले नेतृत्वले सधैं विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नु पर्ने बताए।

‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ। सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ। व्यवहारले सही सावित गर्यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्दछ,’ उनले भने, ‘व्यवहारले ठिक ढंगले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिर्माजित गर्नुपर्ने आवश्यकता पर्छ।’

नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीको सन्र्दभमा उनले आफ्नो मुलुकका लागि हुने लाभहानीको विश्लेषण गरी निर्णय गर्नुपर्ने बताए।

‘आफ्नो देशको साधनहरु संयन्त्रहरुलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्छ। राष्ट्रिय पूँजी मासिएर विदेशी पूँजीहरु फस्टाउने, नेपालीले दुख पाउने विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउने होइन,’ उनले भने, ‘नेपालको उद्योगधन्दा धरासायी हुने विदेशीहरुका उद्योगहरु एकदम लहलहाउने स्थिति राम्रो होइन।’

केही विशेष अवस्था र विषयले नेपालको राष्ट्रियता बेलाबखतमा संवेदनशील भएको हुनाले राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर निर्णय गर्नुपर्नेमा उनले जोड दिए।

२०७६ असार १७ गते ९:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर