बँदेलको आक्रमणबाट दुई जना घाइते

आजको खबर   |    प्रकाशित : २०७६ असार २० गते १७:११

डोटी । डोटीको केआइसिंह गाउँपालिका–१ बाउजेलामा आज जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् । खेतमा काम गरिरहेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गर्दा ३२ वर्षीय जगत विक र ३२ वर्षीय इन्द्र विक घाइते भएका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनु भयो । घाइते जगतको अवस्था गम्भिर छ । उहाँलाई उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरिएको शैलेश्वरी अस्पताल, दिपायलका निर्देशक डा आइजङ कुँवरले जानकारी दिनुभयो । अर्का घाइते इन्द्रको शैलेश्वरीमा उपचार भइरहेको छ । (रासस)

२०७६ असार २० गते १७:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर