बाथ रोग नियन्त्रणका लागि अपनाउनुहोस् अचुक घरेलु उपाय

आजको खबर   |    प्रकाशित : २०७६ असार २१ गते १६:३६

एजेन्सी । बाथरोगलाई सामान्य भाषामा जोर्नी दुख्ने वा सुन्निने रोग (अर्थराइटिस) भनिन्छ । यो रोग जुनसुकै उमेरका व्यक्तिमा हुनसक्छ या देखिन्छ । बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग हो । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले फरक फरक लक्षण देखाउँछन । बाथ रोग सय भन्दा बढी प्रकारका भएपनि गठिया बाथ अथवा प्यालोटोइड आर्थराइटिस सबैभन्दा धेरै देखिने बाथहो ।

बाथ रोग नियन्त्रणका उपायहरू निम्न छन् ः-

– खानपानमा नियन्त्रण गरि नियमित हिडडुल गरि प्रसस्त पानी पिउने गरेमा यो रोग लाग्ने सम्भावना कम रहन्छ ।

-बेसार र मेथीको सुठो १००र१०० ग्राम लिने । त्यसमा असुरगन्धा मिसाएर चिया चम्चाले एक चम्चा बेलुका सुत्ने बेलामा नियमित खाने ।

-खाली पेटमा पानीसँग तीन पोटी लसुन खाने । जसले कोलेस्ट्रोल कम हुन्छ र बाथ रोगमा राहत मिल्छ

-घाममा बस्ने ।

-नुन र टिम्मुर पानी उमालेर हातगोडाधुने ।

-नियमित व्यायम गर्ने ।

– अदुवाको रस सेवन गर्दा पनि बाथ रोग कम हुन्छ ।

– तिल भुटेर दूध सँग पिसेर सुन्निएको ठाउँमा लेप लगाउदा सुन्निएको बस्ने र दुखेको कम हुन्छ ।

२०७६ असार २१ गते १६:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर