सर्पको टोकाइबाट २१ वर्षीय एक युवकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७६ असार २१ गते १७:१२

२१ असार । विषालु सर्पको टोकाइबाट सर्लाहीमा एक युवकको मृत्यु भएको छ । सर्लाहीको कविलासी नगरपालिका–२ निवासी सिकिन्द्र मण्डलका २१ वर्षीय छोरा विजय मण्डललाई सर्पले टोक्दा मृत्यु भएको हो ।

मण्डल आफ्नो ससुराली घर कोडैना गाउँपालिका–१ सुखचैनामा सुतिरहेको बेला विषालु सर्पले टोकेको थियो । उनको समयमै उपचार हुन नपाउँदा मृत्यु भएको बताइएको छ । (रासस)

२०७६ असार २१ गते १७:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर