एसीसी यू–१९ इस्टर्न रिजन फाइनलः नेपालले टस जितेर बलिङ गर्दै

आजको खबर   |    प्रकाशित : २०७६ असार २४ गते ४:५५

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा मैदानमा हुने खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ।

पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको थियो। यस्तै सोमबार भएको खेलमा सिंगापुरलाई डिएल पद्दतिको आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको थियो ।

उपाधि विजेता टिम यू–१९ एसिया कपमा छनोट हुने छन् । एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

२०७६ असार २४ गते ४:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर