बिहान खालि पेटमा भुलेर पनि नखानुहोस् यि खानेकुरा ! हुनसक्छ यस्तो खतरा …

आजको खबर   |    प्रकाशित : २०७६ भदौ ३१ गते १:५०

एजेन्सी । बिहान खालि पेटमा खानै नहुने यी खाने कुरा जसले हाम्रो स्वास्थ्यमा असर गर्छ । धेरै जसोको बानी बिहान खालि पेटमा जे खाने कुरा पायो त्यहि खाने हुन्छ । झन् कसैको बानी त विहान बेडमै चिया पिउने हुन्छ । जसले हाम्रो जीवनलाई दिनहुँ अस्वस्थ बनाइरहेका हुन्छन् । हामि सबैलाई थाहा नहुन पनि सक्छ कि कुनै खाना खाली पेटमा खादा विष सेवन गरे जस्तै हुन्छ ।

यी खाने कुरा कहिले पनि खाली पेटमा खान हुँदैन

१. दुध चिया /कफीः

गर्मीमा भन्दा पनि जाडोमा चिया/कफीको लत बढी लाग्छ । अन्य समयमा चिया/कफी पिउनु खासै नराम्रो मानिदैन । यद्यपी खाली पेटमा दुध चिया र कफी सेवन गर्नु हानिकारक हुन्छ । यसले ग्यास्ट्रीकको समस्या निम्ताउछ ।

२. दहीः

दही स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । यसले पाचन क्रियामा पनि राम्रो असर गर्छ । तर, खाली पेटमा दही सेवन गर्दा त्यसले उल्टो असर गर्छ ।

३. केराः

केरा खानु राम्रो हो । तर, खाली पेटमा केरा सेवन गर्दा शरीरमा म्यागनेशियम बढ्छ, जसले गर्दा क्याल्सियम र म्याग्नेसियको सन्तुलन बिग्रिन्छ ।

४. मदिराः

त्यसो त मदिराले स्वास्थ्यमा नराम्रो असर पुर्‍याउँछ । तर, खाली पेटमा यसको असर अझ बढी हानिकारक हुन्छ । खाली पेटमा मदिरा सेवन गर्दा त्यसको नकारात्मक प्रभाव शरीरमा पर्छ र अनेकौ रोगको लाग्छ ।

५. मसलेदार खानाः

कहिलेपनि खाली पेटमा मसलेदार खानेकुरा सेवन गर्नु हुँदैन । त्यस्ता खानेकुराले पाचन यन्त्रमा गंभिर असर पुर्‍याउन सक्छ ।

६. सोडाः

सोडामा धेरै कार्बोनेट एसिड हुने भएकाले खालि पेटमा खानु उचित हुँदैन । त्यसैले खालि पेटमा सोडा सेवन गर्नाले स्वास्थमा नराम्रो असर गर्छ ।

७. गोलभेडाः
गोलभेडा स्वादिलो हुन्छ र स्वस्थ्यकर पनि । तर, गुणकारी गोलभेडा खाली पेटमा भने सेवन गर्नु हुँदैन । यसमा एसिड पाइन्छ, जसले खाली पेटमा रासायनिक क्रिया हुन्छ । यसले पेटमा अघुलनशिल जेल निर्माण गर्छ । यो जेल पेटमा स्टोन बन्ने कारण बन्न सक्छ |

थप जानकारीको लागि हेर्नुहोुस् पूरा भिडियो …

२०७६ भदौ ३१ गते १:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर