इन्डोनेसियाको शीर्ष डिभिजन लिगको ‘टिम अफ दि विक’मा नेपाली राष्ट्रिय टोलीका रोहित

आजको खबर   |    प्रकाशित : २०७६ असोज १ गते ५:१०

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको शीर्ष डिभिजन लिग लिगा वानको ‘टिम अफ दि विक’ मा परेका छन् ।

पर्सिजा जकार्ताका मिडफिल्डर रोहित यस हप्ताको टिम अफ दि विकमा परेका हुन् । रोहित करिब १८ महिनापछि टिम अफ दि विकमा पर्न सफल भएका हुन् ।

रोहितले आइतबार पीएसआइएसविरुद्ध २–१ गोलको जित निकाल्दा एक गोल गरेका थिए । जकार्ताले यस सिजन १६ खेलबाट १७ अंक जोडेको छ । जकार्ता १५ औं स्थानमा रहेको छ ।

२०७६ असोज १ गते ५:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर