बिहिबार घटेको सुनको भाउ आज फेरी बढ्यो, हेर्नुहोस्…

आजको खबर   |    प्रकाशित : २०७६ असोज ३ गते ७:२१

काठमाडौँ । आज (शुक्रबार) सुनको मूल्य बढेको छ । बिहिबार रु ६०० घटेको सुनको भाउ आज प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

आज बजारमा छापावाल सुन प्रतितोला ७१ हजार तथा तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि छापावाल सुन ७० हजार ७ सय तथा तेजावी सुन ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि चाँदी ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।

२०७६ असोज ३ गते ७:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर