आज गोरखा केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प

आजको खबर   |    प्रकाशित : २०७६ असोज ४ गते ३:४०

गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिए ।

भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ ।

२०७६ असोज ४ गते ३:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर