अल्जेरियाको अस्पतालमा आगलागी, ८ नवजात शिशुको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७६ असोज ८ गते २:१६

अल्जियर्स । अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ।

राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ३ः५० बजे सो आगलागी भएको जनाइएको छ।

अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीले बताए । दुर्भाग्यबस आठ शिशुको भने मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

२०७६ असोज ८ गते २:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर