भारतीय टिमलाई ठूलो झट्का, टेष्ट सिरिजबाट स्टार बलर बुमराह बाहिरिए

आजको खबर   |    प्रकाशित : २०७६ असोज ८ गते ७:०४

एजेन्सी । दक्षिण अफ्रिका विरुद्धको टेष्ट सिरिज सुरु हुन भन्दा पहिला भारतीय टिमलाई झट्का लागेको छ। भारतीय टिमका स्टार बलर जसप्रित बुमराह टेष्ट सिरिजबाट बाहिरिएका छन्।

बीसीसीआईले ट्वीट गरेर बुमराह सिरिजबाट बारिएको जानकारी दिएको छ। उनको पिँठ्यूको तल्लो भागमा चोट लागेको कारण आगामी टेष्ट सिरिजबाट बाहिरिएको बीसीसीआईले बताएको छ। २ अक्टोबरदेखि सुरु हुने तीन टेष्ट म्याचको सिरिजमा उनको स्थान अर्का तीव्र गतिका बलर उमेश यादवले लिएका छन्।

उमेश यादवले अन्तिम पटक सन् २०१८ को डिसेम्बरमा टेष्ट खेलेका थिए। त्यसयता भने उनी टिममा परे पनि खेल्न पाएका छैनन्। यो सँगै बुमराहले भारतमा आफ्नो पहिलो टेष्ट खेल्न अझै पर्खिनु पर्ने भएको छ। बुमराह हालसम्म भारतमा एउटा पनि टेष्ट खेलेका छैनन्। उनले १२ टेष्ट विदेशी मैदानमा खेलेका छन्।

भारतीय टिम

विराट कोहली (कप्तान), मयंक अग्रवाल, रोहित शर्मा, चेतेश्वर पुजारा, अजिंक्य रहाणे (उपकप्तान), हनुमा विहारी, ऋषभ पंत (विकेटकीपर), ऋद्धिमान साहा (विकेटकीपर), आर। अश्विन, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शमी, उमेश यादव, ईशांत शर्मा, शुभमन गिल

२०७६ असोज ८ गते ७:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर