आज बुधबार सुनको भाउ झन् बढ्यो, तोलाको कति ?

आजको खबर   |    प्रकाशित : २०७६ असोज ८ गते ८:२२

काठमाडौँ । आज (बुधबार) सुनको भाउ झन् उकालो लागेको छ । मंगलबार तोलाको एक सय रुपैयाँ बढेको सुनको भाउ आज पुनः प्रतितोला ६ सय रुपैयाँ बढेको हो ।

आज बजारमा छापावाल सुन प्रतितोला ७२ हजार तथा तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन ७१ हजार ४ सय तथा तेजावी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थयो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि झन् बढेको छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।

२०७६ असोज ८ गते ८:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर