बार्सिलोनाको जितमा स्वारेजको दुई गोल

आजको खबर   |    प्रकाशित : २०७६ असोज १६ गते ६:४१

एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेज नायक बने । दुवै गोल स्वारेजले गरे । खेलको तेस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा स्वारेज चम्किए ।

५८ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । त्यसपछि खेलको ८४ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।

यो जित बार्सिलोनाको पहिलो जित हो । जितसँगै समूह एफ को बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमा बार्सिलोनाले बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरी खेलेको थियो ।

१ अंक जोडेको इन्टर तेस्रो स्थानमा रहेको छ । यस समूहमा ४ अंक जोडेको डर्टमण्ड शीर्ष स्थानमा रहेको छ । १ अंक जोडेको स्लाभिया पुछारमा रहेको छ ।

२०७६ असोज १६ गते ६:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर