‘मुन्द्रेको कमेडी क्लब’मा दिपक, माग्ने बुढाले लगाए मस्तीको तड्का (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असोज २३ गते ५:२३

काठमाडौं । नेपाल टेलिजिनबाट प्रशारित बिल्कुलै नयाँ कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को ४८ औँ भाग सार्वजनिक भएको छ । हरेक सोमबार साँझ ८ः५० मा प्रसारण हुने उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरु पाहुना बनाएर ल्याइन्छ रमाइलो गफगाफ गरिन्छ ।

यसै सिलसिलामा यो हप्ता दर्शकहरुको निकै नै प्रिय हास्य कलाकारहरु दिपक राज गिरी, माग्ने बुढा अर्थात केदार प्रसाद घिमिरे र नायिका सुपुष्पा भट्ट आएका छन् । यी कलाकारहरु आफ्नो नयाँ फिल्म छ माया छपक्कैको प्रमोसनको लागि आएका हुन् ।

साथै यस कार्यक्रमलाई यो पटक चलाएका छन् माग्ने बुढाले भनभे जितु नेपाल मुन्द्रेभने अतिथिको रुपमा आएका छन् । आज यस कार्यक्रममा अतिथि साथै दर्शकहरुले निकै नै मस्ती गरेका छन् भने काउैक्रमको माहोल नै छ्ट्टै भएको छ ।

यस कार्यक्रममा अध्यक्षको भूमिकामा सर्बाधिक रुचाइएको चलचित्र ‘छक्का पञ्जा ३’ की निर्देशक दीपाश्री निरौला रहेकी छन् भने कार्यक्रम संचालक चर्चित हाँस्य कलाकार जितु नेपाल अर्थात मुन्द्रे रहेका छन ।

त्यसै गरि चर्चित कलाकार राजाराम पौडेल घरबेटीको रुपमा, उमेश राई (फुलेन्देको आमा), राजेन्द्र नेपाली (लट्टे) र घरबेटीको साली बनेर लुनिभा तुलाधार अर्थात पवनकली पनि कार्यक्रममा सहभागी छन् ।

हेर्नुहोस् मुन्द्रेको कमेडी क्लवको ताजा एपिसोड :

 

२०७६ असोज २३ गते ५:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर