मेरी बास्सै : दसैँमा लङ्गरबुर्जा खेलाउने बान्द्रे प्रहरीको फण्डामा (पूरा एपिसोड)

आजको खबर   |    प्रकाशित : २०७६ असोज २३ गते ६:३०

काठमाडौँ । नेपाल टेलिभिजनबाट पुनः प्रसारणमा आइरहेको चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रसारणमा आएदेखि नै यसको चर्चा चौतर्फी चल्न थालेको छ ।

नेपाल टेलिभिजनबाट प्रसारणमा आएका धेरैजसो हाँस्य श्रृङ्खलाहरु बन्द भएको समयमा पनि प्रसारणमा आइरहेको मेरी बास्सैले भने अहिले हाँस्य ब्यङ्ग्यसँगै सामाजिक विषयवस्तुहरूमा पनि आफ्ना सामाग्रीहरू तयार पारिरहेको छ ।

प्रत्येक मंगलबार राति ८ः५० मा प्रशारण हुँदै आएका टेलिश्रृङ्खला मिडिया हबले उत्पादन गर्दै आएको छ भने युट्युबमा पनि यसलाई अत्याधिक रुचाइएको छ ।

मनराजा नकर्मीले निर्देशन गर्दै आइरहेको हालको “मेरी बास्सै” भाग – ६२३ सम्म आइपुगेको छ । यस टेलिश्रृङ्खलाको नयाँ एपिसोड केही दिन अघि मात्रै युट्युबमा सार्वजनिक गरिएको छ ।

यस एपिसोडमा गाउँघरमा लाग्ने दशैँको रमझम देखाइएको छ भने दसैँमा पैसा नहुँदा हुने पिडा देखाइएको छ । हेर्नुहोस् कस्ता् रहन्छ गाउँघरमा दसैँ मेरी बास्सैको यस ताजा एपिसोडमा

हेर्नुहोस् “मेरी बास्सै”को भाग – ६२३ मा …

२०७६ असोज २३ गते ६:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर