चलचित्र ‘पिँजडा ब्याक अगेन’ हेर्नुहोस् अब युट्युबमा (पूरा फिल्म)

आजको खबर   |    प्रकाशित : २०७६ असोज २३ गते ८:१८

एक्सन अभिनेता निखिल उप्रेती अभिनित चलचित्र ‘पिजडा ब्याक अगेन’को पूरा फिल्म अब यट्युबमा सार्वजनिक गरिएको छ ।

नेपालीहरुको महान चाँड बडा दसैँको अवस पारेर सो फिल्मलाई निर्माण युनिटले बुढासुब्बाको युट्युब च्यानल मार्फत युट्युबमा सार्वजनिक गरेको हो । गत वर्षको माघ ४ गते प्रदर्शनमा आएको चलचित्र हाल आएर युट्युबमा सार्वजनिक गरेको हो ।

यस फिल्ममा एक्सन स्टार निखिल उप्रेतीले अभिनेत्री सारा सिर्पालीसँग रोमान्स गरेको छन् । यो चलचित्र ‘पिंजडा’को सिक्वेलको रुपमा निर्माण भएको हो । ‘पिंजडा’बाट अभिनेता निखिलले अभिनयमा डेब्यु गरेको थिए । हिमाल केसीको निर्देशन रहेको चलचित्र ‘पिजडा ब्याक अगेन’ सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

मौनता श्रेष्ठको लेखन रहेको चलचित्र ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो । सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता श्रीराम बराल हुन् ।

हेर्नुहोस् पूरा फिल्म :

२०७६ असोज २३ गते ८:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर