सालि भेना बनेको स्वस्तिमा र निश्चल बस्नेत अभिनित चलिचित्र घामड शेरेको ट्रेलर सार्वजनिक

आजको खबर   |    प्रकाशित : २०७६ असोज २८ गते ५:१६

काठमाडौं। नेपाली चलचत्रि घामड शेरेको ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ । यस चलचित्रमा पहिलोपटक निश्चल र स्वस्तिमाले एकसाथ अभिनय गरेका छन् ।

निश्चल बस्नेत र स्वस्तिमा खड्का विवाहित जोडी हुन् । यी दुईले एकसाथ एक चलचित्रमा पहिलोपटक चलचित्र ‘घामड शेरे’मा अभिनय गरेका छन्।

तर, यो चलचित्रमा निश्चल र स्वस्तिमा श्रीमान–श्रीमती नभई साली–भेनाको भूमिकामा प्रस्तुत छन्। सोमबार राजधानीमा सञ्चारकर्मीका माझ चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

हेमराज विसी निर्देशित चलचित्र कात्र्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रमा सिमोस सुनुवार र हेमराजको लगानी छ। चलचित्रमा गौरी मल्ल अतिथि भूमिकामा प्रस्तुत छन्।

त्यस्तै सुष्मा निरौला, वादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतले चलचित्रमा अभिनय गरेका छन्। सामाजिक कमेडी कथामा यो चलचित्र निर्माण भएको हो।

चलचित्रको ट्रेलर :

२०७६ असोज २८ गते ५:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर