पूजा र आकाशले खुलाए प्रेम सम्बन्धको वास्तविकता, बिहेको सम्भावना कति छ ?

आजको खबर   |    प्रकाशित : २०७६ असोज २९ गते ८:४१

काठमाडौं। अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले एकसाथ तिन चलचित्रमा काम गरिसकेका छन्।

‘रामकहानी’, ‘पोइ पर्यो काले’ र ‘सम्हालिन्छ कहिले मन’ उनीहरुले एकसाथ काम गरेका चलचित्र हुन्। जसमध्ये ‘रामकहानी’ गतवर्ष प्रदर्शनमा आएको थियो भने ‘पोइ पर्यो काले’ आउँदो कात्र्तिक ८ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ। चलचित्रको प्रदर्शन मिति नजिकिएसंगै प्रचारप्रसारमा यी दुईको दौडधुप शुरु भएको छ।

कलाकार भएपछि लगातार चलचित्रमा काम गर्नु नौलो कुरा होइन्। तर, पूजा र आकाश प्रेममा रहेको चर्चा बजारमा चल्दै आएको छ।

उनीहरु भने यो कुरामा सत्यता नभएको बताउँछन्। आफूहरुको जोडीलाई दर्शकले माया गरेको हुनाले पनि निर्माता र निर्देशकले अफर गर्ने र दर्शकहरुमा पनि त्यो सोँच हुनसक्ने उनीहरु बताउँछन्।

‘हामीहरुले लगातार चलचित्र गरिरहेका छौं। त्यसैले दर्शकहरुलाई पनि त्यस्तो लागेको हुनसक्छ। हामीहरु घनिष्ट छौं तर प्रेममा भने छैनौं’–पूजा भन्छिन्।

थप जानकारीको लागि हेर्नुहोस् भिडियो …

२०७६ असोज २९ गते ८:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर