तीन दिनदेखि बलिउड सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १ गते ८:४१

एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चन तीन दिनदेखि अस्पतालमा भर्ना भएका छन्। उनी आफ्नो नियमित चेकजाँचका लागि मुम्बईको नानावती अस्पतालमा भर्ना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो।

चेकजाँच पछि उनलाई आइतबार अस्पतालबाट डिस्चार्ज गर्ने बताइएको छ। अमिताभलाई कलेजोको समस्या रहेको छ। त्यसैले उनी नियमित अस्पतालमा जाँच गराइरहन्छन्। सन् १९८२ मा फिल्म ‘कुली’को शुटिंगमा उनलाई चोट लागेको थियो । उक्त चोटको कारण उनको निकै रगत बगेको थियो। अमिताभलाई डाक्टरले समेत ‘क्लीनिकली मृत’ घोषित गरिदिएका थिए।

उक्त दुर्घटना पछि अमिताभलाई २ सय डोनर्सको सहयोगबाट ६० बोतल रगत चढाउन परेको थियो। उक्त समय उनलाई एक अर्को रोगले समात्यो। एक अन्तर्वार्तामा उनले भने ‘दुर्घटनाको बेला जुन डोनर्सको रगत मलाई चढाइएको थियो, ति मध्ये एकलाई हेपटाइटिस बी थियो। जुन मेरो शरिरमा प्रवेश गर्यो। सन् २००० सम्म थिए, तर पछि एक सामान्य मेडिकल जाँचमा मेरो कलेजो खराब भएको थाहा भयो।’

अमिताभ मात्र २५ प्रतिशत कलेजोको सहाराले बाँचेका छन्। हेपटाइटिस बीको कारण उनको ७५ प्रतिशत कलेजो खराब भएको छ।

२०७६ कार्तिक १ गते ८:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर