अलैंचीका फाइदै फाइदा, जान्नुस् के हुन्छ फाइदा ? (भिडियो रिपोर्ट)
आजको खबर | प्रकाशित : २०७६ कार्तिक ४ गते १:१९

अलैँची पहाडी भेगमा पाइने औषधिजन्य मसला हो । नेपाल, भारत र भुटान विश्वका अत्याधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुक मध्येमा पर्दछन् । यो मसला खानालाई स्वादिष्ट बनाउनुका साथै विभिन्न स्वस्थ्य समस्यामा घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ ।
अलैँचीमा आइरन, भिटामिन सी, नियासिन, रिबोफ्लेविन, पोटासियम म्याग्नेसियम क्याल्सियम लगायतका विभिन्न तत्वहरु पाईन्छ । यस प्रयोगले खानालाई सुगन्धीत बनाउजुका साथै पाचन प्रणाली सुधार गर्ने मुखको दुर्घन्ध हटाउने काम गर्छ ।
हेर्नुस् यसका फाइदाहरुः
१. पाचन प्रणाली मजबुत बनाउँछ
अलैँची खानाले पाचन प्रणाली मजबुत बनाउँछ । अलैँचीमा नेचुरल्स तत्व हुन्छ जसले खाना पचाउन सहज बनाउँछ । यसले ग्यास्ट्रिक, पेट खराब हुने लगायतका समस्या हटाउँछ । यसको लागि केही अदुवाको टुक्रा, २–३ वटा ल्वाङ, ३–४ वटा अलैँची र १ चम्चा धनिया मिसाएर पिस्ने र चुर्ण बनाउने । अब यसलाई खाना पछि नियमित पानी संग सेवन गर्नुपर्छ ।
२. सर्दी, खसखस हटाउँछ
सर्दीको कारण गलामा एकदमै समस्या ल्याउँछ । यसको लागि तपाईले हरेक विहान खाली पेटमा अलैँची चपाएर खाने गर्नुहोस । त्यसपछि मनतातो पानी पिउनुहोस् । तपाईलाई आराम मिल्नेछ । कफ निस्केर जानेछ ।
३. हिक्का लागेमा
हामीलाई एक्कासी हिक्का लाग्ने गर्छ । कसैलाई चाँडै हिक्का लाग्न छोड्छ तर कसैलाई भने लामो समयसम्म लागिरहन्छ । यदि यस्तो भएमा अलैँची चपाएर खानुहोस् तपाईको हिक्का रोकिने छ ।
४. रक्तचाप नियन्त्रण
अलैँचीमा रक्तचाप नियन्त्रण गर्ने क्षमता हुन्छ । यसमा पाइने पोटासियम फाइवर लगायतका तत्वले रक्तचाप नियन्त्रण गराउँछ । रक्तचापका बिरामीले खाना पछि अलैँची अवश्य खानुहोला ।
५. पेटको विषाक्त निकाल्छ
हामी बाहिरी शरिरको दैनिक सरसफाई गर्छौँ तर हाम्रो भित्री शरिरको सफाई भने पानीले धोएर गर्न सक्दैनौँ । त्यसको लागि हामीले खानपानमा ध्यान दिनुका साथै स्वास्थ्यवद्र्धक खानेकुरा सेवन गर्नुपर्छ । शरिर भित्र रहेका विषाक्त पदार्थ निकाल्नको लागि अलैँचीको सेवन गर्न सक्नुहुन्छ । अलैँचीमा रहेका विभिन्न तत्वहरुले शरिरको विषाक्त पदार्थ बाहिर निकाल्छ । अलैँचीले किड्नीमा रहेका विभिन्न विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।
६. दिमाग मजबुत बनाउँछ
अलैँची खानाले दिमाग मजबुत बनाउनुका साथै आँखाको रोशनी पनि बढाउँछ । यसको लागि तपाईँले २–३ दाना अलैँची, त्यति नै मात्रामा बदामसंग २–३ चम्चा दुध मिसाएर पिस्नुहोस् । त्यसलाई १ गिलास दुधमा मिलाएर आधा हुने गरी गाढा बनाउने । अनि यसमा मिश्री मिसाएर पिउनुहोस् । यो बच्चाको लागि पनि अनि राम्रो हन्छ ।
७. उल्टी रोक्छ
उल्टी भएमा अलैँची चपाएमा अति राम्रो हुन्छ र उल्टी हुन छोड्छ । यसले सास गनाउन पनि रोक्छ । मुखमा हुने विभिन्न संक्रमण पनि रोक्छ ।
८. तनावबाट मुक्ति
तपाईलाई एक्लोपन महशुुस भएको बेला अलैँचीको चिया बनाएर पिउनुभयो भने तपाईलाई डिप्रेशन हुन दिँदैन । अलैँचीले तपाईको हर्मोन बदल्छ र तनाव हटाउँछ ।