प्रिमियर लिग : नवप्रवेशी क्लब सेफिल्डसँग आर्सनल पराजित

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ५ गते २:२६

एजेन्सी । प्रिमियर लिग फुटबलमा लण्डन क्लब आर्सनलले स्तब्धपुर्ण नतिजा आत्मसाथ गरेको छ । सोमबार राति भएको खेलमा नवप्रवेशी क्लब सेफिल्ड युनाईटेडले आर्सनललाई १–० गोल अन्तरले हराएको छ ।

घरेलु मैदानमा सेफिल्डका लागि ३० औ मिनेटमा मौसेटले विजयी गोल गरे । जितसंगै सेफिल्ड प्रिमियर लिगको शीर्ष १० भित्र अटाउन सफल भएको छ । आर्सनलका निकोलस पेपेले खेलको अन्तिमतिर गोलको सुन्दर मौका गुमाएका थिए ।

प्रिमियर लिगमा फर्किएपछि सेफिल्डले ठुलो जित निकाल्न सफल भएको हो । उसले नवौ स्थानमा उक्लिनका साथै रेलिगेशन जोनसंग ४ अंकको अग्रता लिन सफल भएको छ ।

हारसंगै लण्डन क्लब शीर्ष चार भित्र अटाउन असफल रह्यो । आर्सनल १५ अंक सहित पाँचौ स्थानमा रह्यो । चेल्सी भन्दा आर्सनल २ अंकले पछाडी छ ।

२०७६ कार्तिक ५ गते २:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर