बैवाहिक बन्धनमा बाधिदै नायिका ऋचा शर्मा, दिइन पोखरमा ब्याच्लर पार्टी (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १८ गते ३:२१

काठमाडौं। ब्लकबस्टर फिल्म ‘लूट’की हिरोइन ऋचा शर्मा विवाह बन्धनमा बाँधिँदैछिन् । उनले यही मंसिरमा बिहे गर्ने बताइएको छ ।

उनले प्रेमी दिपेक्ष राणासँग बिहे गर्न लागेको बताइए पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

बिहेअगाडि ऋचा आफ्ना मिल्ने साथीहरुसँग पोखरामा व्याचलर पार्टीका लागि पुगेकी छिन् । उनी साथीहरुसँग ब्याचलर पार्टीका लागि पुगेको अर्की अभिनेत्री प्रियंका कार्कीले खुलासा गरेकी हुन् ।

प्रियंकाले इन्स्टाग्राममा आफूहरुको फोटो पोस्ट गर्दै ऋचाले बिहे गर्न लागेको पनि खुलासा गरेकी हुन् । नेपाली फिल्ममा जीवनको एक दशक विताइसकेकी शर्माले प्रेमी दिपेक्ष राणासँग बिहे गर्न लागेको बताइएको छ । दिपेक्षय राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् ।

भिडियो :

२०७६ कार्तिक १८ गते ३:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर