उपनिर्वाचनका लागि नेकपाले तोक्यो उम्मेदवार

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १८ गते ४:११

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिर १४ गते उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार चयन गरेको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवार चयन गरेको हो।

नेकपा सचिवालयको आइतबार बसेको बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाइएको छ ।

भट्टराई यसअघि कास्की २ बाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन् भने वली सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् ।

बाग्लुङ २ खमा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

यस्तै धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । धरानमा काँग्रेसले तिलक राईलाई उम्मेदवार बनाएका छ। अन्य क्षेत्रमा भने काँग्रेसले उम्मेदवार तोकिसकेको छैन। काँग्रेसले सोमबार उम्मेदवारी घोषणा गर्ने बताएको छ।

२०७६ कार्तिक १८ गते ४:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर