शाहरुख-प्रियंकाले बिहे गरेका थिए ? गौरीले सिधै भनिन्……

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १५ गते १३:४५

मुम्बइ। शाहरुख खान र गौरी खान बलिउडमा चर्चित जोडीमध्ये एक हुन् । गौरी फिल्मसँग सम्बन्धित छेनन् तर पनि उनी सेलिब्रेटीभन्दा कम छैनन् । यी दुईले भर्खरै बिहेको वार्षिकोत्सव मनाएका छन् र भोलि शाहरुख आफ्नो जन्मदिन मनाउँदैछन् । यद्यपि यी दुईको जीवनमा उतारचढाव भने नआएको होइन । एक समय यस्तो पनि आएको थियो जब बलिउड फ्यानहरुलाई लागेको थियो कि यो जोडी छुट्टिने संघारमा छ ।

शाहरुख खान र प्रियंका चोपडा नजिकिँदा यसले धेरै उथलपुथल मच्चाएको थियो । खबर त यहाँसम्म आएको थियो कि उनीहरुले बिहे गरिसकेका छन् । सुरुवात त्यतिबेला भएको थियो जब शाहरुखको जीवनमा प्रियंकाको महत्व बढ्यो । अन्य हिरोइनभन्दा प्रियंका शाहरुखको पहिलो रोजाइ बनिन् । तर, गौरीले यसलाई व्यवसायिक सम्बन्ध मात्र भएको भनेर टारिन् । त्यसपछि एक समय यस्तो आयो जब गौरीको समेत शाहरुखप्रतिको विश्वास डगमगायो ।

गौरीलाई शंका तब भयो जब प्रियंका उनको घर मन्नतको हरेक पार्टीको हिस्सा बन्न थालिन् जसमा शाहरुखका खास साथीहरु मात्र आउँथे । फिल्म डन २ को सुटिङ बर्लिनमा पूरा गरेर घर फर्किएपछि शाहरुखले पार्टीको आयोजना गरे जनमा प्रियंका पनि आमन्त्रित थिइन् । विस्तारै गौरीले पनि बुझिन् कि प्रियंकाको आवतजावत केही असामान्य थियो । लगत्तै शाहरुख र प्रिंयंका धेरै कार्यक्रममा सँगसँगै देखिन थाले जसका कारण मन्नतमा तुफान आउन सुरु भयो ।

शाहरुख प्रियंकाप्रति यतिसम्म उदार हुन थाले कि जुन पार्टीको पाहुनाको सूचीमा प्रियंका हुँदैनथिन् त्यहाँ प्रियंकाको नाम थप्न लगाउँथे । करण जौहरको बर्थ डे पार्टीमा जे भयो त्यो त गौरी शायद बिर्सन सक्दिनन् । रिपोर्टका अनुसार करण र प्रियंकाबीच त्यतिबेला सम्बन्ध ठिक थिएन तर शाहरुखले भनेपछि उनले प्रियंकालाई पनि बोलाए । पार्टीमा शाहरुखले प्रियंकालाई गालामा किस गरे र पार्टीमा सबैसँग भेटाए । यस क्रममा गौरी एउटा कुनामा उभिएकी थिइन् । यसपछि भने यस्तो अवस्था आयो कि गौरीले सिधै भनिन् अब शाहरुख प्रियंकासँग कुनै फिल्म खेल्ने छैनन् । अहिलेसम्म आउँदा भने गौरी शाहरुखको सम्बन्ध सुधार भएको छ । त्यतिबेलादेखि शाहरुखले प्रियंकासँग काम गरेका छैनन् ।

२०७५ कार्तिक १५ गते १३:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर