सामाजिक अगुवाको स्मृतिमा छात्रवृत्ति प्रदान
आजको खबर | प्रकाशित : २०७५ मंसिर १३ गते ४:११
बर्दिवास,। महोत्तरी जिल्लाका वरिष्ठ समाजसेवी स्व कृष्णप्रसाद पौडेलको स्मृतिमा ४१ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । स्व पौडेलको प्रथम वार्षिकीकै दिन बर्दिवास–१३ बिजलपुरास्थित श्री जनता माध्यमिक विद्यालयका छात्रछात्रालाई ‘स्व कृष्णप्रसाद पौडेल स्मृति छात्रवृत्ति कोष’ले बुधबार छात्रवृत्ति प्रदान गरेको हो ।
विद्यालयका कक्षा १ देखि १२ सम्मका उत्कृष्ट तीन÷तीन र अन्य पाँच गरीब परिवारका दलित छात्रछात्रा र अपाङ्गता भएका सहित जम्मा ४१ जनालाई स्व पौडेलका कान्छा छोरा सुवर्ण पौडेलले छात्रवृत्तिस्वरुप जनही रु ४०० प्रदान गरेको प्रधानाध्यापक भरतप्रसाद यादवले जानकारी दिए ।
विसं २०७४ कात्तिक ११ गते ९१ वर्षको उमेरमा निधन भएका स्व पौडेलको १३ औँ पुण्यतिथिका दिन छोरा सुवर्णले विद्यालयमा उक्त कोषका लागि रु एक लाख ५१ हजार जम्मा गरेकोमा सो को व्याजबाट छात्रवृत्ति उपलब्ध गराइएको थियो ।
यसअघि उनले विद्यालयलाई एक बिघा (२० कठ्ठा),स्वास्थ्यचौकी भवन निर्माणका लागि पाँच कठ्ठा र नेपाल रेडक्रस सोसाइटी बिजलपुरा उपशाखा भवन निर्माणका लागि पाँच कठ्ठा जमीन पनि उपलब्ध गराएको थियो ।