के हो अनुस्का सँग प्रभासको सम्बन्ध ? मिडिया सामु मुख खोले प्रभासले

आजको खबर   |    प्रकाशित : २०७५ पुष ३ गते ८:१०

मुम्बइ। चर्चित च्याट शो कफी विथ करनको नयाँ प्रोमो सार्वजनिक भएको छ । प्रोमोमा बाहुबलीको टिम देखिएको छ जोसँग करन जौहरले प्रश्नउत्तर गरेका छन् ।

शोका क्रममा प्रभासले व्यत्तिःगत जीवनसँग सम्बन्धित प्रश्नको जवाफ दिइरहेका छन् । शोमा करण जौहरले प्रभास र अनुष्का शेट्टीसँगको सम्बन्धबारे पनि प्रश्न गरेका छन् ।

करणले प्रभास र राणा दग्गुबतीसँग सोधेका छन् कि के तपाइँहरु दुवै सिंगल हुनुहुन्छ ? यो प्रश्नको जवाफमा दुवैले सिंगल भएको बताउँछन् । त्यसपछि करनले सोध्छन् कि के तपाइँले काउचमा झुठ बोल्नुभएको छ ?

यसको जवाफमा कफी पिउँदै प्रभारले भन्छन् ‘यस’ । सम्बन्धका विषयमा प्रभासको अनौठो जवाफले एकपटक फेरि फ्यानहरुलाई अलमलमा पारेको छ । बाहुबलीको दुवै भागमा काम गरेपछि प्रभास र अनुष्काको सम्बन्धको चर्चा चलेको थियो । यहाँसम्म कि यी दुईको विवाहको खबर समेत मिडियामा आए ।
हेर्नुहोस् भिडियो –

२०७५ पुष ३ गते ८:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर