२ छोरीलाई कारमै छोडेर रातभर पार्टीमा गाँजा पिउँदै बसिन् आमा, बिहान कारको ढोका खोल्दा उड्यो होस

आजको खबर   |    प्रकाशित : २०७५ पुष ६ गते १५:२३

टेक्सास । अमेरिकाको एक अदालतले बच्चाको हेरचाह गर्ने विषयको मुद्दामा एक महिलालाई ४० वर्षको जेल सजाय सुनाएको छ । ती महिला आफ्ना २ नाबालक छोरीहरुलाई कारमा बन्द गरेर पार्टीमा गएकी थिइन् । घण्टौंसम्म कारमा बन्द रहेका कारण भयानक गर्मी र सास फेर्न नपाएपछि ती दुई बालिकाको मृत्यु भयो । अदालतमा भएको सुनुवाइको क्रममा ती महिलाले आफ्नो बचाउको लागि कैयौं तर्क दिइन् । तर न्यायाधीशले उनका सबै तर्क अस्वीकार गर्दै उनलाई दोषी ठहर गरी ४० वर्षको जेल सजाय सुनाएका छन् ।

दुई बालिकाको मृत्युको यो घटना ७ जून २०१७ मा हिल काउन्टी क्षेत्रमा भएको थियो । १९ वर्षकी अमान्डा हकिन्स आफ्ना २ छोरी १ वर्षकी ब्रायन र २ वर्षकी एडिसनलाई लिएर घुम्न निस्केकी थिइन् । उनले छोरीहरुलाई गाडीमै छोडेर साथीहरुसँग पार्टी गर्न निस्किइन् । पार्टीमा नशाका कारण उनलाई छोरीहरुको ख्याल भएन र उनी रातभर त्यहीँ रहिन् । दुवै बालिका करिब १८ देखि १८ घण्टा गाडीमै बन्द रहे । यस क्रममा भित्रको तापक्रम अध्त्याधिक बढ्यो र गर्मीमा निसास्सिएर दुवै छोरीको मृत्यु भयो ।

महिलालाई छोरीहरुको याद भोलिपल्ट दिउँसो मात्र आयो । तर, जब उनी त्यहाँ पुगिन् त्यतिबेलासम्म दुवै बालिकाको मृत्यु भइसकेको थियो । त्यसपछि महिलाले ती दुईलाई लिएर अस्पताल पनि गइन् जहाँ डाक्टरले ४० घण्टासम्म बालिकाहरुलाई बचाउने कोसिस गरे तर केही फाइदा भएन । महिलाले गुगलमा पनि छोरीहरुलाई बचाउने तरिका खोजेकी थिइन् ।

२०७५ पुष ६ गते १५:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर