न्याय खोज्दै जिग्री पाँडे पुगे रवि लामिछाने समक्ष, भने- किन हामीलाई अपराधी झै गरियो ?
आजको खबर | प्रकाशित : २०७६ कार्तिक ७ गते ८:३५
काठमाडौं । केही दिनदेखि निकै चर्चाको विषय बनेको छ हास्य टेलिश्रृङखला सक्किगोनी र तिनका पात्रहरु । कपिराइट क्लेम गरेर मिडियाहबले टेलिश्रृङखला सक्किगोनी र हास्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) विरुद्ध उजुरी हालेपछि चर्चामा आएको हो ।
उजुरी जारी भएलगत्तै हास्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले सामाजिक सञ्जाल फेसबुकमा एक गम्भीर स्टाटस् लेखेका थिए। उनीहरुले लेखेका थिए –‘यही देशमा बसेर कलाकारिता गर्नु र कलाकार बन्नु नै मेरो गल्ती हो भने उजुरी मात्र किन हातमा हत्कडी नै लगाएर थुनिदिनुस ।’
सोही स्टाटस लेखेको केही समयपछि नै अर्जुन घिमिरे (पाँडे) मिडियामा आएका थिए भने आज कुमार कट्टेल अर्थात जिग्री एक मिडियामा आएका छन् । आफूहरुलाई एक अपराधी झै व्यवहार गरेको भनदै उनी आक्रोशित भए भने उनीहरुलाई रवि लामिछानेले यतिबेला साथ दिएको पनि बताए ।
मिडिया हबसंगको विवादका कारण यो सब भएको अनुमान पनि लगाउन सकिन्छ। यतिबेला ‘जिग्री–पाँडे’ टीमले निर्माण गरिरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’विरुद्ध प्रहरीमा उजुरी परेको छ।
नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको टेलिश्रृंखलाको टिमविरुद्ध मिडिया हबले महानगरीय प्रहरी परिसर टेकुमा प्रतिलिपि अधिकार उल्लंघनको उजुरी दर्ता गरेको हो। मिडिया हबले उत्पादन गरेको टेलिश्रृंखला ‘भद्रगोल’ का पात्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गरिएको भन्दै प्रहरीमा उजुरी परेको हो।
हेर्नुहोस् जिग्रीसँगको भिडियो अन्तर्वार्तामा …